प्रतिशोध विरूद्ध रास्वपा कञ्चनपुरद्धारा डोकेवजार देखि बेलडाँडी सम्म मोटरसाईकल ¥याली

बेलडाँडी । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय अनुसार कञ्चनपुरको डोकेवजार देखि बेलडाँडी सम्म सरकारको विरोध सहित मोटरसाईकल ¥याली निकालेको छ । सनिवार कञ्चनपुर राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिशोधका विरूद्ध मोटरसाईकल ¥याली सहित विरोध प्रदर्शन गरेको हो । कञ्चनपुरको डोकेवजार हुदै पुनर्वास आइविआरडी, बेलौरी र बेलडाँडीको चवन्नी बजारमा कोण सभाको आयोजना गर्दै विरोध प्रदर्शन गरेको हो ।

सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोधका आधारमा सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा निरन्तर विरोध सभा र प्रदर्शन गर्दै आएको रास्वपाले जनाएको छ । रास्वपा नेताहरुले प्रतिशोधको विरुद्धमा सबैले लाग्नुपर्ने भन्दै भोलि महेन्द्रनगर हुने विरोध सभामा सरिक हुन सबैमा आग्रह गर्नु भयो ।

लगातार ८ दिन देखि देशभर रवि समर्थकहरुले आन्दोलन गरिरहेका छन् । पार्टीको आदेश अनुसार आज शनिबार मोटरसाईकल ¥याली सहित डोकेबजार देखि बेलडाँडी सम्म प्रदर्शनका साथै कोण सभा गरेको रास्वपा बेलडाँडी सभापति तेज सिंह धामीले जनाकारी गराउनु भयो । उनका अनुसार डोकेबजार बाट ११ बजे मोटरसाईकल ¥याली निकालेर चोकचोकमा विरोध सभा गर्दै आएका थिए ।

सभापति धामीले भने ‘रवि लामिछाने दोषी हो भने उनीमाथि छानबिन गरेर कारबाही हुनुपर्छ तर तिनै केपी शर्मा ओलीले हिजो रवि निर्दोष भनेको हैन ? प्रहरी प्रमुखले निर्दोष भनेको हैन ?’ ‘आज तिनै व्यक्तिले तिनै निर्दोष भनिएका रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध बाहेक अरु केहि नभएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित