भीमदत्त नगरको बजार अनुगमन प्रभावकारी बन्दै, अनुगमनले सचेत बनायो : व्यापारी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले तिहार र छठ पर्वलाई लक्षित गरेर गरेको बजार अनुगमनले ब्यापारीहरुमा सकारात्मक सन्देश बनेको छ । तिहारको मौका छोपेर पैसा कमाउने सोचले म्याद नाघेका सरसामान विक्रि गर्ने मनसाय बनाएका व्यापारीहरुलाई भीमदत्त नगरपालिका नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक निलम लेखक जोशी नेतृत्वको अनुगमन समितिको सन्देशले सकारात्क भुमिका निर्वाह गरेको व्यापारीहरुको बुझाई छ ।

गत बिहीबार उपप्रमुख नेतृत्वको टोलिले बजार अनुगमन गरेपछि बजारमा व्यवसायी गर्ने व्यापारीहरुले यो अनुगमनले आखाँ खोलिदिएको प्रतिक्रिया दिएका छन् । भिडभाडका बेला गोदाममा थन्किएका समानहरु उपभोेक्तालाई बेच्न नचादा पनि कतिपय अवस्थामा बेचिएको व्यापारीहरुले स्वीकार गरेको छन् । यो अनुगमनले त्यस्ता म्याद नाघेका बस्तुहरु गोदामबाटै हटाउने प्रेणा मिलेकाले अहिले त्यस्ता बस्तु हटाएको उनीहरु भनाइ छ ।

टोलीले व्यवसाय दर्ता गरे नगरेको,नविकरण भए नभएको र सरसफाई म्याद नाघेका सामाग्रीहरु लगायतको अनुगमन गरिएको नगर उप मेयर लेखकले बताइन् । ‘पहिलो चरणमा भएका गल्तीलाई सच्चाउन र वहाँहरुलाई सचेत गराउन नविकरण नभए नविकरण गराउन अनुगमन गरिएको छ’ उनले भनिन् । पालिका र सम्बन्धित निकायहरुको बैठकबाट बजार अनुगमन गरिने भन्ने निर्णय अनुसार माछा पसल, मिठाई पसल, किराना पसल र प्लाष्टिकको मालाहरुको अहिले अनुगमनको प्राथमिकतामा राखेर काम भएको बताइन् ।

अनुगमनका क्रममा बजारमा रहेका केहि प्रयोग र उपभोग गर्न नमिल्ने बस्तु नष्ट गर्दै चेतावनी समेत दिइएको थियो । समितिले उपभोक्ताहरुले समेत यसविषयमा सचेत हुनुपर्ने भन्दै यस्ता व्यापारीले झुक्याउन वा फसाउन खोजे तुरुन्त पालिकालाई जानकारी गराउन अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित