लालझाडीमा दिउँसै हात्तीको बथानले बाख्रा कुल्चि मार्यो

नरेश राना, लालझाडी ।  कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको बथानले निरन्तर आतङ्क मच्चाईरहेको छ । लालझाडीमा हात्तीको बथान समुहले मानिसदेखि अन्नबाली, भौतिक संरचना सहित पशुपन्छीमा समेत क्षति पु¥याईरहेको छ । बुधबार पनि लालझाडी गाँउपालिका ४ पर्सियाका केही किसानका बाख्रा मारिदिएको छ ।

घर गुजारादेखि तिहारका लागि तयार पारिएका बाख्रा कुच्चिएर मारिदिएपछि किसान मारमा परेका छन । रमेश रानाका २, अनोखा रानाका १, आस्था रानाको १, गुडड्डी रानाको १ र महमती रानाको १ बाख्रा कुल्चिदिएर मारिदिएको छ ।

गत असोजदेखि जंगली हात्तीले लालझाडीमा रामदल रानामाथि आक्र्रमण गरेर मारिदिएपछि यता दैनिक हात्तीको आतङ्क कायमै हुँदा समेत सरकारले कुनै वास्ता नराखेको भन्दै नागरिक रुष्ट भएका छन ।

हात्तीको आक्र्रमणबाट मानिस, जनावर, अन्नबाली, विद्यालय, भौतिक संरचनाघरबासमा क्षति पु¥याउँदा समेत सरकारलाई वास्ता नभएको भन्दै नागरिक रुष्ट रहेका हुन । उनीहरुले हात्ती रोकथामका लागि प्रयास गरिदिन माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित