बेलडाँडी ५ झिलमिलाको सिमसार जमिनमा दुईदशक पछि चल्यो टेक्टर, नहर नभए पुरानै उर्बरा भूमिहुने : किसान

बेलडाँडी, २५ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा दशकौँदेखि हजारौँ विगाह उर्बरा जमिन सिमसारमा परिणत भएपछि बाँझै रहदै आएको थियो । बेलडाँडी गाँउपालिका १ नम्बर वडादेखि ५ सम्मपुरै वडामा करिब ३ हजार भन्दा बढि बिघा जमिन सिमासार भएपछि बाँझै रहदै आएको थियो ।

०५५ सालदेखि महाकाली सिचाँई दोस्रो चरणको नहर निर्माण भएसंगै सिपेजका कारण उर्बराजमिन सिमसारमा परिणत भएको बेलडाँडी ५ झिलमिलाका किसानहरुले बताउदै आएका छन् । बेलडाँडी क्षेत्रकै सबै भन्दा बढी उत्पादन हुने झिलमिला क्षेत्रको भूमि नै सिमसारमा परिणत भएपछि स्थानीय जमिनधनी विदेशीन बाध्य हुने गरेका छन् ।
झिलमिलाका किसानहरुले नहर निर्माण भएदेखि नहरको पानी चुहिएर पुरै खेतमा जाने भएकाले उर्बराभूमि सिमसारणमा परिणत भएको बताउदै आएको कुरा अहिले प्रमाणित भएको वडाअध्यक्ष इन्द्र बहादुर खडकाले बताउनु भयो ।

वडाध्यक्ष खडकाका अनुसार ‘खेतियोग्य नभएपछि गुजारा चलाउन वडावासीहरु विदेशीन बाध्य भएको बताए । गत असाढ २४ गते चौधर नदी गाउँमा पस्दा महाकाली सिचाईको नहर फुटेपछि नहरमा पानी संचालन नभएको ५ महिना हुदा झिलमिला क्षेत्रको सिमसार जमिन सुक्दै गएको बताउनु भयो । दलदल जमिन सुक्न थालेपछि किसानहरु खेतमा पुनः खनजोत गर्न थालेको वहाँले बताउनु भयो ।

बषौं देखि सिमसारका कारण प्रयोग विहिन जनिममा अहिले टेक्कटर लगेर जोत्न सक्ने अवस्था बन्दै गरेको जनाइएको छ । अहिले खेत पुर्नर प्रयोगमा फर्किने अवस्था भएपछि नहरको आवस्यकता नभएको झिलमिलाका किसान जिकिर गरिरहेका छन् । अझै ३ महिना सम्म नहरमा पानी नआए यहाँको पुरै सिमसार जमिन प्रयोगमा आउने स्थानीयहरुको भनाई छ ।

खेत सुक्दै खेती प्रयोगमा आउने भएपछि वडा कार्यालयले मंगलवार सो विषयमा छलफल गर्न भेला बोलाएको छ । वडाध्यक्ष खडकाले नहरको अर्को विकल्प खोज्नुपर्ने बताए । नहरका कारण सयौं स्थानीयहरुको पेटमा लातलागेको कुरा पुष्टिभइसकेको जनाउदै यस विषयमा सबैपक्षको ध्यानजान जरुरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित