बेलडाँडी, २७ कार्तिक । बेलडाँडी गाउँपालिकाले बेलडाँडी गाउँपालिका वडा नं.२ को उत्तरी दक्षिण क्षेत्र गौंडी (ग्रिनबेल्ट) मा खेलमैदान बनाउने प्रक्रिया अघिबढाए पछि त्यहाँ अतिक्रमण गरेर बसोबास गरेका सुकुम्वासी तथा गैरसुकुम्वासी आन्दोलित भएका छन् ।
बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि अतिक्रमित जमिनमा रहेका घरटहरा हटाउने सूचना जारी गर्दाउनीहरु आन्दोलित हुदै गाउँपालिका घेराउ गरिरहेका छन् । बेलडाँडी गाउँपालिकाले तेस्रो पटक अन्तिम ७ दिने सूचना जारी गरेपछि उनीहरु उग्रबन्दै गएका छन् । उनीहरुले आफुहरुको उचित व्यवस्थापनको मागगर्दै आएका छन् । लामो समयदेखि आफुहरु जानेर नजानेर उक्त क्षेत्रमा बस्दै आएकाले यहाँ बसेका सबैको व्यवस्थापन गर्नुपर्ने माग सहित आन्दोलनमा होमिएका छन् ।
यता गाउँपालिकाले खेलमैदानका कारण विस्तापित हुनलागेका वास्तविक भूमिहिन सुकुम्वासी परिवारको व्यवस्थान गर्ने जनाउदै आएको छ । पालिकाका अनुसार बेलडाँडीको आवश्यकता अनुसार खेलमैदान निर्माणको लागि प्रक्रिया अघिबढाएको जनाएको छ । वास्तविक सुकुम्वासीको व्यवस्थापन गरेर अघिबढ्ने जनाउदा जनाउदै समेत आफुहरुलाई निर्माण कार्यमा अप्ठ्यारो पार्न खोजे कानुनीपाटो अपनाउने पालिकाले जनाएको छ ।
तत्कालिन गाउँविकास समितिका अध्यक्ष चन्द्र बहादुर सिंहले उक्त ग्रिन्बेल्टमा तारबार गरि १५ हजार भन्दा बढी सिसौंका बोटहरु रोपेको जनाइन्छ । माओवादी द्धन्दकालका कारण देशमा स्थानीय निर्वाचन नभएपछि उक्त ग्रिनबेल्ट अतिक्रमणको सिकार बनेको जानकारहरु बताउछन् । बेलडाँडीवासीका अनुसार वास्तविक सुकुम्वासीको व्यवस्थापन गरेर खेलमैदान निर्माण गर्न पालिकालाई सुझाव दिइराखेका छन् । उनीहरुका अनुसार त्यहाँ बसेका अन्य गैरसुकुम्वासीहरुका कारण वास्तविक सुकुम्वासी मारमा पर्ने भन्दै सबैले सचेतहुनुपर्नेमा जोडदिनु भयो ।
श्रोतका अनुसार त्यहाँ जबरजस्ती बसेका हुकुम्वासीहरु सुकुम्वासीको आडमा आफुहरु फाइदा लिन लागेको बताए । सुकुम्वासीको पक्षमा भए त्यहाँ भएका वास्तविक सुकुम्वासीको व्यवस्थापन गर भन्नुपर्ने तर उनीहरुको माग त्यसो नभइ हामी यहाँ बसेका सबैको व्यवस्थापन गर भन्ने देखिन्छ । त्यहाँ बसोबास गरेका हुकुम्वासीको व्यवस्थापन यदि सरकारले गरे अन्य ग्रिनबेल्ट बाहिर बसेकाहरुले संरक्षण गरेर राखेको ग्रिनबेल्टमा आम बेलडाँडीबासीको हक भएकाले समान तरिकाले सबैलाई पुग्ने गरि भाग लगाउनु पर्ने बताउदै आएका छन् ।
Discussion about this post