बेलडाँडी फुटबल महोत्सवको पुरस्कार रकम १ महिना बित्दा समेत विजयी टिमले पाएनन्, प्रहरीमा उजुरी

बेलडाँडी, २७ कार्तिक । बेलडाँडी गाउँपालिमामा विजयादशमी तथा शुभ दिपावलीको अवसर पारेर आयोजना गरिएको फुटबल प्रतियोगिता पुरस्कार रकम १ महिना भन्दा बढी वित्दा समेत विजयी टिमको हात नपर्दा प्रहरीमा उजुरी परेको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको एकता युवा समाजले आयोजना गरेको बेलडाँडी फुटबल महोत्सव २०८१ को प्रथम पुरस्कार वडा नं.२ मै रहेको दिपज्योती युवा क्लबले हात पारेको थियो । दिपज्योती युवा क्लबले हात पारेको प्रथम पुरस्कार १ लाख ५ हजार, ५ सय ५५ रुपैँयाको खालि चेक क्लबले पायो, तर पैसा नपाउदा क्लबले आयोजकलाई पैसा माग्दा समेत आलटाल गर्न थालेपछि १ महिना भन्दा बढी समय पछि प्रहरीमा पुरस्कार दिलाईदिन पिडित विजयी क्लबले उजुरी दिएको हो ।

बेलडाँडीको रौलेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा असोज १७ गते देखि संचालन भएको खेलको विजेता दिपज्योती युवा क्लबले अहिले सम्म पुरस्कार नपाउदा आयोजकलाई कार्वाही सहित पुरस्कार दिलाईदिन क्लबले आग्रह गरेको छ ।

उता आयोजक एकता युवा समाजले बेलडाँडी गाउँपालिकाले आर्थिक सहयोग गरे पुरस्कार दिने जनाएको थियो । समाजका महासचिव गणेश राज जोशीले गाउँपालिकाले पैसा नहालिदिएकाले पुरस्कार दिन नसकिएको बताएका छन् । उनले गत आइतवार नै पुरस्कारको पैसा दिने पश्चिम समाचारलाई जनाएका थिए ।

कुनैपनि खेलमा खेल विजेतालाई पुरस्कार दिने संसारको नियम छ तर बेलडाँडीमा भने पुरस्कार पाउनका लागि प्रहरीमा उजुरीदिने अवस्था आएपछि आमनागरिक आश्रचकित बनेका छन् । पुरस्कार जस्तो कुरा नरोक्नु पर्ने आम बेलडाँडीबासीको बुझाई रहेको थियो ।

प्रहरीमा उजुरी परेपछि भोलि दुबै टिमलाई बोलाएर यस विषयमा बुझने इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित