केशब भट्ट, १३ मंसिर, बेलौरी । कञ्चनपुरको बेलौरीमा कवर्डहल निर्माणका लागि बिहीबार प्राविधिक टोलीले बेलौरीको खुलामञ्चमा स्थल अवलोकन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा कवर्डहल निर्माणका लागि २० लाख बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले पहिलो पटक बेलौरी बजारमा कवर्डहल निर्माणका लागि बजेट व्यवस्थापन गरेका हुन् । स्थल अवलोकनका क्रममा प्रदेशसभा सदस्य बिष्टसहित बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी, नगरपालिकाको प्राविधिक टोली, सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशी, बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठ र कराँतेका नगर समिति अध्यक्ष राम खड्का समेतको उपस्थिति रहेको थियो ।
कवर्डहल निर्माणका लागि सुरु गरिएको यो पहलले स्थानीय बासिन्दामा खुसीको लहर छाएको छ । स्थानीयहरूले यसलाई बजारको समग्र विकासका लागि महत्त्वपूर्ण पहलका रूपमा लिएका छन् ।
Discussion about this post