डिल्लीराज पन्त, कञ्चनपुर १८ । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि कञ्चनपुरको गड्डाचौकीमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।
ट्राफिक प्रहरी नायब निरीक्षक हर्क बहादुर साउदले महाकाली नदीबाट ढुङगा, बालुगा, गिट्टी ओसार्ने ठुलादेखि साना सवारी साधन, तिनका चाकहरुलाई ओभरलोडदेखि सडकमा पानी चुहिने गरेर समान नओसार्न सचेत गराएको बताए ।
‘अहिले महाकालीबाट नदीजन्य पदार्थ ओसार्ने काम भईरहेको छ, चालकले तिव्र गतिमा सवारी साधन गुडाउने, बालुवा उडेर, पानी चुहिएर अन्य यात्रुलाई सडकमा असर पर्ने वातावरणमा समेत प्रभाव परिरहेको छ, त्यसबाट सडक दुर्घटना बढ्ने भएकाले समयमै सचेत गराएका छौँ ।’
ट्राफिक प्रहरी नायब निरीक्षक साउदले ठुलादेखि साना सबै सवारी साधनका चालकहरुलाई समेत गराईएको बताए । यसरी ट्राफिक प्रहरीको चालक सचेतना कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने स्थानीयको भनाई छ ।
Discussion about this post