लाल बहादुर एस के ।अहमदिया संघ नेपालले आज शनिबार बिन्दावासनी गापा. प्रसौनीभाठा -५ पर्सा स्थित मसरुर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यक्रम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चलेकाे थियाे। उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क मोतिबिन्दुको शल्यक्रिया सहित निःशुल्क औषधि वितरण गरिने बताइएको छ ।
अहमदिया संघ नेपालको आयोजना तथा केडिया आँखा अस्पताल – परवानिपुर र समुदायिक आँखा अस्पतालको संयुक्त सहयोगमा उक्त शिविर संचालन गरिएको थियो ।
अहमदिया संघ नेपाल एक धार्मिक संस्था हो ।
“सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं ” भन्ने मूल मान्यता लाई आत्मसात गर्दै ,यसको एउटै उदेश्य आम नेपाली जनताको सेवा गर्नु तथा सामाजिक, सांस्कृतिक, आत्मीय समझदारीका साथ शैक्षिक एवम् स्वास्थ्य सम्वन्धी सचेतना जगाई सव्य र समृद्ध समाज निमार्ण गर्नु नै अहमदिया संघ नेपालको मुख्य उदेश्य रहेको आयोजक सदस्य तथा झापा जिल्ला इन्चार्ज नईम अहमदले बताए ।
यस्तै, स्थापनाकालदेखि, संघले वृद्ध, बालबालिका , भुकम्प, बाढी पीडित, तथा कोरोना जस्तो कठिन परिस्थितिमा मानव सेवाभावले सक्ने सहयोग आदानप्रदान गरेको र गरिरहने समेत बताए ।
अहमदिया संघ नेपालका कोषाध्यक्ष इsरायल अहमदको सभापतित्व तथा पुर्व प्रदेश सभा सदस्य एवम् जसपा नेता पहलाद गिरिको प्रमुख आतिथ्यमा शुभारम्भ भएको उक्त कार्यक्रममा करिब ३७५ जना उपचारबाट लाभान्वित भएका छन । जसमा १८२ जनामा मोतिया बिन्दु देखा परेको छ। भने उहाँहरु भोलि बाट निशुल्क सल्याकृया हुने बताए ।
आर्थिक तथा शारीरिक रुपले कम्जोर रहेका हामी वृद्धवयालाई घर-दैलामै उपचार पाउदा खुशीको सिमाना नै छैन भन्दै लाभान्वित तथा लाभग्राहीहरुले आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।
Discussion about this post