विद्यार्थीको सर्वाङ्गीण विकासका लागि बैजनाथ माविमा अभिभावक अभिमूखीकरण कार्यक्रम

बेलडाँडी, १ पुस । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका अभिभावक विद्यार्थीहरुलाई प्रसिद्ध मोटिभेटर तथा अभिभावक शिक्षा अभियन्ता क्षेत्रप्रशाद ज्ञवालीद्वारा अभिभावक अभिमूखीकरण कार्यक्रम दिइएको छ ।

विद्यालयले आज सोमवार १२ बजे देखि आफ्रनै प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यालयको वातावरणका साथै अभिभावकको भूमिका महत्वपूर्ण रहने भन्दै अभिभावक अभिमूखीकरण कार्यक्रम आयोजना गरिएको हो । चाणक्य नीतिमा भनिएको छ, “आफ्नो सन्तानलाई सम्पत्ति दिइएन भने ऊ केही वर्ष रुने छ, तर यदि संस्कार दिइएन भने ऊ जिन्दगीभर रुने छ ।” तसर्थ आफ्ना नानीबाबुमा असल संस्कारको विकास कसरी गर्ने र असल तथा सफल अभिभावक कसरी बन्ने भन्नेबारेमा प्रसिद्ध मोटिभेटर तथा अभिभावक शिक्षा अभियन्ता क्षेत्रप्रशाद ज्ञवालीले मोटिभेट गराएका छन् ।

अभिभावकहरुले कार्यक्रम एकदमै महत्वपूर्ण भएको बताएका छन् । यसबाट धेरै कुरा सिकिएको अभिभावक कर्ण सिंह मडैले जानकारी गराउनु भयो । उहाँका अनुसार यस्ता मोटिभेटका कार्यक्रम थप गर्नुपर्ने बताउनु भयो ।

यस्तै शिक्षक तिर्थराज भट्टका अनुसार अहिलेको परिवेशमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थीलाई ’पढ पढ’ भनेर मात्र पुग्ने अवस्था छैन । त्यसका लागि शिक्षकलाई तालिम र अभिभावकलाई पनि शिक्षा दिन जरुरी रहेको वहाँले बताउनु भयो । यही कुरालाई महसुस गरी बैजनाथ मा.वि., बेलडाँडी ५, झिलमिला, कञ्चनपुरले वडा नं. ५ सँग समन्वय गरी अभिभावक शिक्षा कार्यक्रम राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित