हिरोको एक्स्ट्रिम १६० र १२५ आर फोरभी बजारमा

कञ्चनपुर, पुष ४ । चौधरी ग्रफु(सिजी)ले हिरोका दुई ब्राण्डबाला मोटरसाईकल बजारमा ल्याएको छ । सिजीले हिरोका एक्स्ट्रिम १६० र १२५ आर फोरभी मोटरसाईकल बजारमा ल्याएको हो ।

हिरो मोटरसाईकलको आधिकारिक बिक्रे्रेता हिमानी मोर्टसले एक्स्ट्रिम १६० र १२५ आर फोरभी मोटरसाईकल बजारमा ल्याएको घोषणा गरेको छ ।

बिहीबार एक कार्यक्रमका विच कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जंग बहादुर मल्लले उद्घाटन गर्दै उपभोक्ताको माग अनुरुप कम्पनीले बजारमा ल्याएका १६० र १२५ उपयुक्त रहेको बताए ।

सिजी मोटरर्सका एसिया म्यानेजर दिनेश केसीले ब्लुटुथ सहित डिजिटन ईफरमेसनवाला मोटरसाईकल भएको बताए । उनका अनुसार एक्स्ट्रिम १६०को ३लाख, ९४ हजार ९ र १२५ आर फोरभीको २लाख, ८९ हजार ९सय मुल्य निर्धारण गरिएको छ ।

युवापुस्ताको उक्त मोटरसाईकल रुचाएको उनले बताए । हिमानी मोर्टसका संचालक भुवन बोहराको अध्यक्षतामा भएको मोटरसाईकल लन्चिङ्ग कार्यक्रममा अर्का संचालक सौरब बोहरा सहितको सरोकारवालाको सहभागिता रहेको थियो ।

भीमदत्त नगरपालिका ३महेन्द्रनगर भाँसी टनकपुर सडक खण्डमा रहेको हिरोको स्वरुपले बिक्रि वितरण भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित