महेन्द्रनगर, ०४ पौष । बगंलादेशमा रहेका अल्पसंख्यक हिन्दुहरु प्रति भैरहेको अत्याचारको विरुद्धमा सरकारलाई एक राजनितिक पार्टीले ज्ञापन पत्र बुझाएको छ ।
बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।
राप्रपा नेपालले हिन्दु धर्म र धर्मालम्बीहरुको रक्षार्थको लागि उक्त विज्ञप्तीमा “मित्र राष्ट्र बंगलादेशमा शेख हसिना सरकारको तक्ता पलट पश्चात,इस्लामिक कट्टरपथी समर्थक सरकार स्थापित भए देखी त्यहाँका अल्पसंख्यक हिन्दु तथा मन्दिरहरु प्रति जुन अमानवीय व्यवहार भै रहेको तथ्य सर्व विदित भएको उल्लेख गर्दै हिन्दु सनातन सभ्यताका प्रतीक मन्दिरहरु सुनियोजित तरिकाबाट नष्ट पारिदै छन् र सनातन समर्थक हिन्दुहरुको सामुहिक हत्या, बलात्कार जबरजस्ती धर्मान्तरण गरी पासविक घटनाहरुले आजको मानव सभ्यता नै शर्मसार हुन गएको’’ विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
अहिले सनातन हिन्दु धर्ममा अंकुश लगाउने र प्राचिन सभ्यताको नै नामनिसाना मेटाउने खालका क्रियाकलापहरुको विरुद्धमा गम्भीर भएर लाग्नु पर्ने राप्रपा नेपालको धारणा रहेको पनि ध्यानाकर्षण गराएको थियो ।
राप्रपा नेपालले दिएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सम्मानिय प्रधानमन्त्री,मन्त्री परिषदको कार्यालय सिंह दरबार काठमाडौ सम्म तत्कालै ज्ञापन पत्र पुगाउने प्रतिवद्धता जनाएका थिए ।
उक्त ज्ञापन पत्र बुझाउने कार्यक्रममा राप्रपा नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष घनश्याम रावल, केन्द्रिय सह महामन्त्री शेर बहादुर चन्द, उपाध्यक्ष नरेन्द्र बहादुर चन्द, सचिव हरिहर पाण्डेय, कृष्णानन्द भट्ट लगायतहरुको उक्त कार्यक्रममा सहभागितामा रहेको थियो ।
Discussion about this post