कञ्चनपुरको भिमदत्त नगर अन्तर्गत तत्कालीन महेन्द्रनगर नगर विकास समितिको ६ सय ३८ बिगाह ८ कट्टा १३ धुर जमिन विगत लामो समय देखि हिनामिना हुँदै आएको थियो !
अदालतले तत्कालीन केही अध्यक्ष हरुलाई र कर्मचारी लाई करोडौंको बिगो सहित जेल चलानको निर्णय गरेको छ , त्यसैगरी तत्कालीन नारायण काजी श्रेष्ठ र रबि लामिछाने गृहमन्त्री भएको बेला गृहमन्त्रालयले सरकारी अतिक्रमण भएको जमिन सरकार कै स्वामित्वमा ल्याउन पत्राचार भए संगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सर्वदलीय बैठक बसेर सबै ठाउँको अतिक्रमण भएको जमिन तत्काल खाली गराउने निर्णय भएर केही ठाउँमा जमिन भिमदत्त नगर विकास समितिले आफ्नो स्वामित्वमा लिएको थियोे !
गृहमन्त्री रमेश लेखक भएको संगै उहाकै गृहनगरमा भएको अतिक्रमण जमिन खालि गराउने कार्य ठप्प रहेपछि युवा बिधार्थिहरुले सयुक्त रुपमा जिल्ला प्रशासनमा भु-माफियाहरुलाई संरक्षण कहिले सम्म गृहमन्त्री ज्यु ? भन्ने ब्यानर बनाएर बिरोध गरेका छन् ।
गृहमन्त्री रमेश लेखक र नगर विकास समिति अध्यक्ष पदम बोगटी ,भीमदत्त नगर विकास समितिको जमिनमा बनेका अबैध संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गरेको सर्वदलीय एवम् सर्वपक्षीय निर्णय तत्काल कार्यान्वयन गर्न अनुरोध गरेको व्यानर लगाउदै गृहमन्त्रीलाई आरोप लगाएका हुन् ।
Discussion about this post