कञ्चनपुर– कार्तिक झण्डै अढाई दशक अघि नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक(असई) पदमा भर्ना भएका प्रहरी अधिकृतको समुहले कैलालीमा रहेका अनाथल बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन ।
०५५ सालमा नेपाल प्रहरीको असईमा भर्ना भएका ब्याजका प्रहरी अधिकृतले कैलाली अत्तरिया अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेका हुन । भर्ना भएको अवसरकै दिन पारेर प्रहरी अधिकृतले गोदाबरी नगरपालिका २अत्तरिया कैलालीको महिला तथा बालबालिका सेभ हाउसमा खाद्यान्न सहयोग गरेका छन ।
उतिबेला प्रहरी सहायक निरीक्षकमा भर्ना भएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्टले जागिरको बार्षिकीको अवसर पारेर सुदूरपश्चिम क्षेत्रमा कार्यरत असई ब्याचका अधिकृतले सामुहिक रुपमा अनाथायमा खाद्यान्न वितरण गरेको बताए । प्रहरी निरीक्षक भट्टका अनुसार अनाथालयमा चामल, दाल, नुन, तेल, आलु लगायत फलफुल मिठाई वितरण गरिएको छ ।
जनताको जिउधन र राष्ट्रको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरी अधिकृतले आफ्नो पेशा शुरुवात गरेकै दिन फजुलमा खानपिनमा खर्च भन्दा मिलेर समाजिक कार्य गरेका छन । प्रहरी अधिकृतको समुहबाट यसरी जागिर बार्षिकीको अवसर पारेर गरिएको समाजिक कार्यको उच्च प्रसंसा गरेका छन ।
यो प्रेरणादायी समाजिक कार्य भएको भन्दै प्रहरी अधिकृतहरुप्रति अनाथालयले आभार समेत प्रकट गरेको छ । कार्यक्रममा कैलाली कञ्चनपुरका प्रहरी प्रमुखद्वय सोमेन्द्र सिह राठौर, श्याम सिह चौधरी सहित ०५५सालका प्रहरी सहायक निरीक्षकमा भर्ना भएका प्रहरी अधिकृत लगायतको सहभागिता भएको थियो ।
Discussion about this post