माधब पौडेल, १२पौष। कञ्चनपुरको बेलौरीमा”हाम्रो समुदायको अग्रजहरूलाई सम्मान हाम्रो समुदायको नयाँ पुस्तालाई उत्प्रेरणा जगाउन हाम्रो अभियान”भन्ने मुलनाराका साथ नेपाल आदिवासी जनजाति महासंघ बेलौरी नगर समन्वय परिषदको आयोजना, बेलौरी नगरपालिकाको सहयोगमा शुक्रबार बेलौरीको कृष्ण मन्दिरमा आयोजित कार्यक्रममा आदिवासी जनजातिबाट निर्वाचित जनप्रतिनिधि, जेष्ठ नागरिक, एकल महिला,डाक्टर तथा राष्ट्रिय खेलाडी गरी २३७ जनालाई सम्मान गरिएको थियो।
कार्यक्रमको सभापति नेपाल आदिवासी जनजाति महासंघ बेलौरी नगर समन्वय परिषदका अध्यक्ष कृष्ण गम्वा,प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री बिना मगर, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी,नगर उपप्रमुख जोगराम चौधरी, अतिथि बेलौरी नगरपालिकाका वडा नम्बर वडाध्यक्ष कलबिर चौधरी वडा नम्बर ५ वडाध्यक्ष लाल बहादुर चौधरी,वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी,वडा नम्बर ७का वडाध्यक्ष प्रकाश श्रेष्ठ,वडा नम्बर ८ का वडाध्यक्ष बिसराम चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष किसन सिंह राना र वडा नम्बर १० का वडाध्यक्ष सोमलाल चौधरी,बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी,नगर प्रवक्ता हर्क बहादुर भूल, नेकपा माओवादी केन्द्रीय सदस्य दीपा चौधरी, बेलौरी नगर भलमान्सा संयोजक अमर चौधरी लगायत नेपाल आदिवासी जनजाति महासंघ बेलौरी नगर समन्वय समितिका पदाधिकारीहरको सहभागिता रहेको थियो।
बेलौरी नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित आदिवासी जनजाति विविध कार्यक्रम अन्तरगत आदिवासी जनजाति समुदाय बाट एक सय जना जेष्ठ नागरिक ब्ल्याङ्केट, एकल महिला, एकल पुरुष बाट एक सय जनालाई पानी तताउने इलेक्ट्रिक कितली, २०७९ मा स्थानीय तहमा निर्वाचित आदिवासी जनजातिबाट निर्वाचित २९ जना जनप्रतिनिधिहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाइने र आदिवासी जनजातिबाट एम बी बी एस डाक्टर भएका ५ जना र राष्ट्रिय खेलाडी २ जनालाई सम्मान गरिएको नेपाल आदिवासी जनजाति महासंघ बेलौरी नगर समन्वय परिषदका अध्यक्ष कृष्ण गम्वाले जानकारी दिनुभयो।
अध्यक्ष गम्वाले यसै वर्षको कार्यक्रम अन्तरगत आदिवासी जनजातिका विपन्न वर्ग विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने कार्यक्रम रहेको समेत बताउनुभयो।
Discussion about this post