वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार उनीहरुविरुद्ध आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपाभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरूले फरक फरक ठाउँमा बाटो बनाउन आएको ३५ लाख ३९ हजार ३३१ रुपैयाँ भ्रष्टाचार गरकोे अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित