पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि सहितको बयान सकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान सकिएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको हो ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ । उनीहरुसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस हुने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित