कञ्चनपुर पत्रकार महासंघ नयाँ कार्यसमितिद्धारा पत्रकारको हकहितमा महत्वपूर्ण निर्णय

कञ्चनपुर । पत्रकार महासंघ कञ्चनपुर शाखा कार्यसमितिले पत्रकारको हकहित हुने महत्वपूर्ण निर्णय गरेको छ । महासंघको आज शुक्रवार कंचनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा बसेको दोस्रो बैठकले जिल्लामा रहेका सञ्चार माध्यम र पत्रकारहरुको अभिलेखिकरण गर्ने निर्णय गरेको छ ।

जसमा कुन्दन पाण्डेयको संयोजकत्वमा कोषाध्यक्ष मोहन बिष्ट,सदस्यहरु,दिनेश राज ओझा,धन बहादुर बिक,हरिलाल जोशी सदस्य रहने गरि अभिलेखिकरण समिती चयन गरिएको छ । यस्तै पत्रकार कल्याण कोषको स्थापना गर्ने निर्णय भई पत्रकार कल्याण कोषको स्थापनाको लागि सुझाब संकलन , कार्यबिधी निर्देशिकाको निर्माणको लागि संस्थाका सचिव कुन्दन राज पाण्डेयको संयोजकत्वमा सदस्यहरु धन बहादुर महता र भवानी भट्ट( भुवन ) सदस्य रहने गरि समिती चयन गरिएको समेत अध्यक्ष धामीले बताउनु भएको छ ।

स्वास्थ्यमा समस्या भएका पत्रकार ,साखा तथा कार्यसमिती सदस्य सुजित सिनाललाई महासंघ कंचनपुर साखाले उपलब्ध गराउदै आएको आर्थिक सहयोग प्रदान गर्ने निर्णय लगायत पत्रकार हक हितका निर्णय गरेको महासंघका अध्यक्ष सुरेश सिंह धामीले जानकारी गराउनु भयो ।

दुइवटै समितिले तयार पारेको खाकाका बिसयमा छलफल भएपछी अन्तिम निर्णय हुनेछ ” उहाले भन्नू भयो । जिल्लामा हरेका श्रमजीवि पत्रकारहरुले महासंघले गरेको यस्तो निर्णय स्वागतयोग्य भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित