कञ्चनपुर, पुष २० । कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्याना लुगा(स्वीटर) वितरण गरिएको छ ।
भीमदत्त नगरपालिका ५ सुकासालको सत्यवादी माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा(स्वीटर) वितरण गरिएको हो ।
भीनपा ५ नम्बर वडा कार्यालयले चालु आर्थिक बर्ष ०८१/०८२मा विनियोजन गरेको बजेट अनुरुप सत्यवादीका विद्यार्थीलाई स्वीटर वितरण गरिएको जनाएको छ ।
सत्यवादी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक सुरेन्द्र सिह साउदले वडा कार्यालयले ३सय विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको बताए ।
प्रअ साउदले वडाको एक मात्रै सामुदायिक विद्यालयको बृद्धि विकासका लागि स्थानीय सरकार गम्भिर हुनुपर्ने बताए । उनले नर्सरीदेखि १०सम्म नेपाली, अग्रेजी दुवै माध्यामबाट पठन पाठन शुरु गरिएको शैक्षिक गुणस्तर बृद्धिका लागि थप सहयोगको अपेक्षा गरेका छन ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका भीमदत्त नगरपालिका ५का वडाध्यक्ष पदमराज अवस्थीले विपन्न दलित, आर्थिक रुपमा पछाडी परेको जेहेन्दार विद्यार्थीको शैक्षिक सुधारका लागि आफुले चिसोका बेला न्याना कपडा वितरण गर्ने योजना अघि सारेको बताए ।
भीमदत्त नगरका प्रवक्ता समेत रहेका वडाध्यक्ष अवस्थीले आगामी दिनमा समेत विद्यालयको बृद्धि विकासका लागि सहयोग गर्ने बचन दिएका छन ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश दयालले सामुदायिक विद्यालय सुधारका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको औल्याए । भीनपा ५वडाबाट यसरी निःशुल्क न्याना कपडा पाएपछि विद्यार्थी हर्षित भएका छन ।
Discussion about this post