महेन्द्रनगर जेसिजको अध्यक्षमा पत्रकार अवस्थी

कञ्चनपुर, पुष २१ । महेन्द्रनगर जेसिजको अध्यक्षमा राजेन्द्र प्रशाद अवस्थी चयन भएका छन । शनिबारदेखि शुरु भएको महेन्द्रनगर जेसिजको ३८औँ शाखा अधिवेशनबाट अध्यक्षमा अवस्थी चयन भएका हुन ।

जेसी अवस्थी निर्बिरोध निर्वाचित भएको जेसिज महेन्द्रनगरले जनाएको छ । कार्यकायरी उपाध्यक्ष दिपक कार्की(दिपिन), पवन जोशी , उपाध्यक्ष मनोज भट्ट पुष्कर दत्त भट्ट, गोबिन्द भट्ट, नवराज जोशी चयन भएका छन । महासचिव, कानुनी सल्लाहकार, कोषाध्यक्ष सहितका अन्य पदाधिकारी सदस्य पछि चयन गरिनेछन ।

०२५का लागि महेन्द्रनगर जेसिजको अध्यक्ष भएका जेसी पत्रकार राजेन्द्र प्रशाद अवस्थीले युवा प्रतिभादेखि युवाहरुलाई स्वदेशमै आत्मनिर्भरका कार्यक्रममा जोड्ने बताएका छन ।

बर्ष ०२४का अध्यक्ष जानकी रोकायाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति पुर्व अध्यक्ष जेसी धर्मानन्द भट्ट प्रंमुख अतिथि रहेका थिए । पुर्व जेसिज महेन्द्रनगरका अध्यक्ष जेसी हरिस भट्ट निर्वाचन आयुक्त थिए । जेसिजमा हरेक एक बर्षमा नेतृत्व परिर्वतन हुँदै आएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित