हात्तीले कञ्चनपुर पुनर्वास ९ सिताबस्तिमा फेरि नोक्सान गर्यो

धनबहादुर बिक -पुनर्वास – २६ पौष । कञ्चनपुर को पुनर्वास नगरपालिका ९ सिताबस्तिमा फेरि जंगली हात्तीको बथानले बालनाली सखाप पारेको छ ।

एकसाता अघि पुस १६ गते राति किसानका बालिमा प्रवेश गरि नोक्सान गर्न सुरु गरेको जंगली हातिले यतिबेला भने धेरै किसानका बाली मा क्षति पुर्याको छ ।

हरेक बर्ष झैं यस बर्ष पनि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सीताबस्तीमा जङ्गली हात्तीको बथानले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि त्याहाँका किसानहरू हात्तिको आतंक बाट आजित भएका छन ।

रातिको समयमा ठुलो संख्यामा हात्तीको बथानले गहुँ, उखु, तोरी तथा केरा नष्ट गरेको हात्ती आतंक संघर्ष समिति संयोजक केशव तिमिल्सिनाले बताए ।

बच्चा सहित ३०/३५ को सङ्ख्यामा हात्तीको बथान रातिको समयमा गाउँ पसेको र उज्यालो हुँदा नजिकैको भारतीय दुधुवा नेशनल पार्क भित्र प्रवेश गर्ने गरेको हात्ती पिडित कििानहरूले बताएका छन ।

हात्तीले सो क्षेत्र का किसानहरूको गँहु , उखु , तोरी गरि करिब १० बिगाह बाली पुर्ण रूपमा नोक्सान गरेको छ ।

जंगली हातिले केशव प्रशाद तिमिल्सिना को १५ कठ्ठा उखु नष्ट पारेको छ भने तुलसि सार्की को १ बिगाह मा उत्पादन गरिएको गँहु बाली नोक्सान गरेको छ । त्यसतै शेरबहादुर थापा को १० कट्ठा गँहु तथा करेसाबारीको केरा , दल बहादुर थापा को १० कट्ठा गँहु वारि नोक्सान गरेको छ त्यसैगरी शेरबहादुर थापाको १० कट्टा मा लगाएको गँहु र तोरी तथा करेसाबारी को केरा खेति मा नोक्सान पुर्याएको छ ।

हातिले कांसअं कामिको १० कट्ठा गँहु हिरालाल सुनारको १० कट्ठा गँहु , देब बहादुर दमाई , करि दमाई , धना दमाई , प्यारू दमाई , किशन दमाई , नरि दमाई , विर्के सार्की , चन्द्रे सार्की , किडो थापा लगायतको गँहु , तोरी र उँखु बाली मा क्षति पुर्याएको संघर्ष समिति संयोजक तिमिल्सिनाले बताएका छन ।

हात्ती ले उँखु र गँहु बालि मात्र नभई घर नजिकै करेसाबारीमा लगाईएका केरा खेति समेत सखाप पारेको छ । हरेक बर्ष हात्तीबाट हुने क्षति रोकथाम गर्न बिधुत्तिय तारबार भएपनि बिधुत्त पावर कम हुदा हात्ती रोकथाम हुन नसकेको दुधवा नेसनल हात्ती रोथाम संघर्ष समिति अध्यक्ष केशव प्रसाद तिमिल्सिनाले बताए ।

हात्तीले हिँउदे बालि मात्रै नभएर बर्षे बाली समेत नोक्सान गर्दै आएको पिडित तिमिल्सिनाले बताए ।
उँखु बाली काट्ने योग्य र गँहु बाली हरियाली हुदै गरेको अवस्थामा एक्कासि हात्ती को बथानले नोक्सान गर्न थालेपछि त्याहाँका किसानहरू निरास हुन थालेका छन ।

हात्ती बालिमा पस्न सुरु गरेपछि गाउँमा त्रास छाएको छ ।
हात्तीले नोक्सान गर्न थालेपछि हात्ती धपाउन जाग्राम बस्ने योजना बनाउन थालेको समाजसेवी मदन बिकले बताए ।
हात्ती आतंक दिनदिनै बढेको भएपनि अहिलेसम्म तिनवटै तहका सरकारकम प्रतिनिधि सो क्षेत्रमा अवलोकन गर्न पुगणन नसकेको हात्ती पिडितहरूले बताएका छन ।

भारतीय दुधुवा नेशनल पार्क नजिक हात्तीको बथान रहेको र दोदा नदी तरेर जुनसुकै बेला पनि गाउँ पस्न सक्ने हुँदा किसान तथा आम नागरिकहरूलाई सचेत रहन कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित