बेलडाँडी । भारतको गढवाल क्षेत्रबाट तीन दिन अघि घर फर्कने क्रममा बेलडाँडी गाउँपालिका–३ का अन्दाजी २८/३० वर्षीय रामलाल बडायक सम्पर्कविहीन भएका छन्।
ती युवाले भारतको रूद्रपुर पुगे भनेर परिवारलाई कल गरेको र हिजो बिहान ९ बजे घर पुग्ने जानकारी परिवारलाई दिएका उनी एकाएक सम्पर्क बिहिन भएको परिवार श्रोतले बताएको छ । हिजो बिहान पुग्ने भनेका उनी अहिले सम्म घर नपुगेपछि परिवार चिन्तित भएका छन्।
हालसम्म ती युवासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। परिवारका सदस्यहरूका अनुसार उनले अन्तिम पटक आफ्नो घर पुग्ने समयबारे जानकारी गराए पनि त्यसपछि कुनै खबर आएको छैन् ।
ती युवाको मोबाइल पनि बन्द भएकोले परिवारजनले चिन्ता व्यक्त गरेका छन्। स्थानीय प्रशासनलाई घटनाबारे सूचित गरिएको छ भने युवाको खोजीमा सहयोग गर्न समुदायका व्यक्तिहरूलाई पनि रूद्रपुर पठाएको वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चाैधरीले जानकारी गराउनु भयो ।
परिवारका सदस्यले गढवालमा रहेका साथीभाइ र अन्य चिनजानका व्यक्तिहरूसँग पनि सम्पर्क गरेर खोजी गरिरहेका छन्। यस घटनाले स्थानीय समुदायमा पनि चिन्ता उत्पन्न गराएको छ।
यदि कसैले ती व्यक्तिबारे कुनै जानकारी पाएका छन् भने नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।
वडा अध्यक्ष दुर्गाप्रसाद चौधरीले थप जानकारी दिँदै भनेका छन् कि सम्पर्कविहीन ती युवाको खोजीका लागि स्थानीय स्तरमाबाट सम्भावित स्थानमा खोजीकार्य सुरू गरिएको बताए । उनले भने, “परिवार निकै चिन्तित छन्। हामीले यो विषयलाई प्राथमिकताका साथ लिँदै प्रहरी प्रशासनसँग समन्वय गरिरहेका छौं। त्यसका साथै भारतको गढवाल क्षेत्रमा समेत जानकारी पठाएर खोजीका लागि सहकार्य गरिरहेको जनाए।”
चौधरीले सामुदायिक सहभागिताको महत्त्व उल्लेख गर्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन र कुनै पनि नयाँ सूचना तत्काल जानकारी गराउन आग्रह गरेका छन्। “हामी सबै मिलेर ती युवालाई सुरक्षित रूपमा फिर्ता ल्याउन सक्दो प्रयास गर्नेछौं,” उनले भने।
यस घटनाले स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना गरेको छ भने परिवारका सदस्यहरू अत्यन्तै चिन्तित देखिएका छन्। खोजीकार्यलाई थप प्रभावकारी बनाउन उनले सबै क्षेत्र तिर पहल गरिरहेको जनाएका छन् ।
Discussion about this post