पुनर्वासको सरस्वती माविमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

लाल बहादुर एसके, पुनर्वास । पुनर्वास नगरपालिका वडा नं. २ मोतीबस्तीस्थित सरस्वती माध्यमिक विद्यालयमा आज माघ ११ गते लागुऔषध दुर्व्यसनविरुद्ध एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाहीले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिदै लागुऔषधको सेवनले मानव जीवनमा पर्ने मानसिक, शारीरिक, र सामाजिक प्रभावकाबारे प्रकाश पार्दै यसबाट बच्न विद्यार्थीहरूलाई सचेत रहन आग्रह गर्नुभयो।

साथै, लागू औषध दुव्र्यसन र कारोबारमा संलग्न हुनेहरूमाथि कानुनी कारबाहीका प्रावधानबारेमा समेत जानकारी गराउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन सुनार, विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेल, शिक्षक नरेश सार्की लगायतको उपस्थिति रहेको कार्यक्रममा लागुऔषधबाट उत्पन्न हुने स्वास्थ्य समस्या, पारिवारिक विखण्डन, र सामाजिक अस्वीकृतिबारे समेत सचेतना गरिएको थियो ।

विद्यालय प्रशासनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई सही मार्गमा अघि बढ्न प्रेरणा दिने र समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्तै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोडदिए बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित