चौथो द फोर्स कप फुटबल प्रतियोगिता माघ१५ देखि हुने

लाल बहादुर एस/पुनर्वास माघ १३ । न्यू विरेन्द्र युवा क्लबद्वारा चौथो द फोर्स कप फुटबल प्रतियोगिता आयोजना पुनर्वास नगरपालिका वडा नं. १, बिरबलभद्रबस्तीस्थित न्यू विरेन्द्र युवा क्लबको आयोजनामा चौथो द फोर्स कप फुटबल प्रतियोगिता यहि माघ १५ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता क्लबको खेल मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा पहिलो पुरस्कारको राशी रु. २लाख २२हजार २ सय २२ ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रदान गरिनेछ भने दोस्रो पुरस्कारको राशी रु. १लाख११हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्रसहित राखिएको छ।

क्लबका कोषाध्यक्षले पहिलो पुरस्कार क्लबकै तर्फबाट तयारी बारेमा जानकारी दिए भने दोस्रो पुरस्कारको लामा फेमिली बाट प्राप्त हुने जानकारी दिनुभएको छ

क्लबका कोषाध्यक्ष जित बहादुर तामाङले यो प्रतियोगिता शान्तिपूर्ण वातावरणमा सञ्चालन हुने र गाउँ, नगर, जिल्ला हुँदै प्रदेश र राष्ट्रसम्म चिनाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिएका छन्। साथै, उनले खेललाई मात्र खेलाउने नभई खेलाडीलाई अनुशासन र गहनाको रूपमा चिनाउने महत्वका लागि पनि यो प्रतियोगिता विशेष हुने बताएका छन्।
सहभागी टिमका लागि नियमहरू
१. ईन्ट्री शुल्क रु. ९हजार ९ सय ९९ मात्र हुनेछ।
२.प्रत्येक टिमका खेलाडीको नामावली आफ्नै क्लबको लेटरप्याडमा उपलब्ध गराउनुपर्नेछ।
३. खेलाडीहरूलाई टिमको ड्रेस अनिवार्य गरिएको छ।४. खेल एन्फाको नियमानुसार मान्यता प्राप्त रेफ्रीद्वारा सञ्चालन हुनेछ।५. खेल नकआउट प्रणालीमा हुनेछ।६. चोटपटकका लागि खेलाडीहरू स्वयं जिम्मेवार हुनेछन्।
प्रतियोगिताका लागि टिम दर्ता गर्ने अन्तिम मिति माघ १३ गते साँझ ४:०० बजेसम्म तोकिएको छ। माघ १४ गते दिउँसो ३:०० बजे टाईसिट प्रकाशन हुनेछ भने त्यसै दिन बेलुकी ३:३० बजे प्रतियोगिताको उद्घाटन गरिनेछ।
थप जानकारीका लागि सम्पर्क:शेर बहादुर तामाङ (सचिव): ९८१३०८७४६७जित बहादुर तामाङ (कोषाध्यक्ष): ९८२४६६७२७२कान्छा लामा तामाङ (अध्यक्ष): ९८०६४२१३१७क्लबका सचिवद्वारा यस प्रतियोगिता खुल्ला रहने समेत जानकारी गराउनुभएका छन्।
प्रतियोगितालाई प्रत्यक्ष प्रसारण (Live) समेत गरिने आयोजकले जानकारी दिएका छन्। प्रतियोगितामा सहभागिताका लागि इच्छुक क्लबहरूलाई समयमै दर्ता गरिदिन हार्दिक अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित