दैजीका आगलागी पीडित व्यवसायीलाई व्यवसायीकै साथ

कञ्चनपुर, माघ १७ । कञ्चनपुरको बेदकोट नगरपालिका ३दैजीका आगलागी पीडित व्यवसायी मदन राज भट्टलाई आर्थिक सहयोग गरिएको छ ।

दैजी बजार व्यवस्थापन समितिका अध्यक्ष तेज ठगुल्लाले आगलागी पीडित किराना एव खाद्यान्न व्यवसायी भट्टलाई आर्थिक सहयोग गरिएको बताए ।

उनका अनुसार दैजी बजारकै व्यवसायीले संकलन गरेको २लाख, ३८ हजार ५०५रुपैया हस्तान्तरण गरिएको छ । आगलागीबाट पीडित भट्टलाई राहत स्वय उक्त सहयोग गरिएको हो ।

यसका साथै आगलागी नियन्त्रणमा खटिएका प्रहरी सहायक निरीक्षक गणेश सिह साउद, प्रहरी सहायक हवल्दार दिपक नागरी, जवान महेशराज भट्टलाई समेत सम्मान गरिएको छ । दमकल दिने भीमदत्त र शुक्लाफाँटा नगरपालिकाप्रति आभार प्रकट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित