निलम्बन फुकुवा गरिपाऊँ भन्दै रविले सभामुख घिमिरेलाई लाई बुझाए निवेदन

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् । घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकको मुखमा रवि लामिछानेले सभामुखलाई भेटेका हुन् । सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ० ८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका हुन् ।लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित