धनबहादुर बिक/पुनर्वास – माघ १८ । कञ्चनपुर को पुनर्वास नगरपालिका १० मा रहेको श्री विजय माध्यमिक बिद्यालय को ५३ औं बार्षिकउत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ ।
शुक्रबार बिद्यालय को आफ्नै प्राङ्गणमा मा बिबिध कार्यक्रम गरि बार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
कार्यक्रममा अतिथिको आशनबाट बोल्दै सुदूरपश्चिम प्रदेश का माननिय मन्त्री थापाले बिद्यालय को बार्षिकउत्सवको सफलताको शुभकामना व्यक्त गर्दै अबको शिक्षा जिबनउपयोगि शिक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
बिद्यालय को भौतिक पुर्वाधार विकासका लागि सुदूरपश्चिम प्रदेश सरकाबाट आफुले पहल गर्ने मन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साविक वाईसिविचवा गाविस पुर्व अध्यक्ष तथा समाजसेवी भक्तबहादुर अधिकारीले बिद्यालय ले विभिन्न आरोहअवरोह पार गरि ५३ औं स्थापना दिवस मनाउन सफल भएकोमा बिद्यालय परिवारलाई कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
५३ औं बर्ष पार गर्दैगर्दा बिद्यालय ले जुन प्रकारले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो हुन नसकेको उनले बताए । बिद्यालय को शैक्षिक गुणस्तर का लागि यश क्षेत्र का अग्रज समाजसेवी , बुद्धिजीवी ले हातेमालो गर्न जरुरी रहेको कुरामा अधिकारी ले जोड दिए ।
सो अवसरमा शुभकामना मन्तव्य राख्दै सुदूरपश्चिम प्रदेश फुटबल संघ महासचिव कांसिराम बोहराले
बिद्यालय को विकास का लागि सबै जुटौ भन्दै म आफू पनि यसै बिद्यालय मा पढेको पुर्व बिध्यार्थि रहि सकेको छु बिद्यालय को चौतर्फी विकासका लागि सदैब तयार रहनेछु महासचिव बोहरा ले आफ्नो भनाइमा जोड दिए ।
बिद्यालय मा निर्माणधिन सरस्वती माताको मन्दिर भुपु बिध्यारथिको सहकार्य मा मन्दिर निर्ण गर्न सकिएको बिद्यालय का भुतपुर्व बिध्यार्थि नारद खड्का ले शुभकामना मन्तव्यमा जोड दिए । उनले बिद्यालय भनेको शिक्षा हासिल गर्ने साझा थलो भएकोले यसमा कसैले पनि राजनीति गर्न नहुने बताए ।
कार्यक्रममा बिद्यालय का प्राधानअध्यापक भवानिदत्त अवस्थिले आर्थिक बर्ष ०८०/८१ को कुल १ करोड ४० लाख ४० हजार १५३ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
जम्मा ६ सय ५९ जना बिध्यार्थि संख्या रहेको बिजय माविमा १५ जना शिक्षक २ जना बालविकास शिक्षक २ जना परिचर गरि १९ जना कर्मचारी रहेको प्र अ को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
बिद्यालय का अध्यक्ष गगन बहादुर धामिको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश का भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री माननीय बिर बहादुर थापा रहेका थिए ।
बिशिस्ट अतिथि मा पुर्व गाबिस अध्यक्ष तथा अग्रज समाजसेवी भक्तबहादुर अधिकारी रहेका थिए ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य ,बिद्यालय का पुर्व अध्यक्ष बिष्णु बिक विभिन्न बिद्यालय का शिक्षक अभिभावक लगायत अतिथि हरू रहेका थिए ।
कार्यक्रम लाई समापन गर्दै बिद्यालय का अध्यक्ष गगन बहादुर धामिले बिद्यालय मा गर्नुपर्ने काम हरू धेरै रहेका छन यद्यपि आम अभिभावक हरूको सहयोग प्राप्त नभएको उनले गुनासो व्यक्त गरे ।
आम अभिभावक ले अध्यक्ष को जिम्मेवारी दियर बिद्यालय मा पठाईसकेपछि आफ्नो कार्यालय मा सम्पन्न गरिनुपर्ने काम र अधुरा योजना हरू पूरा गर्न अहोरात्र खटिने उनलेे प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा बिध्यार्थिहरूले जनचेतनामूलक नाटक , बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रम को सञ्चालन सहायक प्र अ निर्मल सुवेदीले गरेका थिए ।
Discussion about this post