बागेश्वरी उपभोक्ता समितिको अध्यक्षमा मोहन प्रसाद बडु सर्वसम्मत चयन

बेलडाँडी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको बागेश्वरी उपभोक्ता समितिको अध्यक्षमा मोहन प्रसाद बडु सर्वसम्मत चयन भएका छन् । समितिको चयन बेलडाँडी रेञ्जर पोष्टमा सम्पन्न भएको हो ।

यस अघि, पुर्व अध्यक्ष शिवराज अधिकारी बसाई सरेर सुर्खेत गएपछि, उपाध्यक्ष मोहन प्रसाद बडुले कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए । समितिको पुनर्गठन पछि बडुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको बेलडाँडी रेञ्जर पोष्टका रेञ्जर बिक्रम चौधरीले बताउनु भयो ।

उहाँका अनुसार उपाध्यक्षमा रत्ना भण्डारी, सचिवः देबकी बुढा, कोषाध्यक्षः फुल देबी राना चयन भएका छन् भने सदस्यहरूमा लक्ष्मी दत्त जोशी, अम्भा सिंह साउद, मान बहादुर रोकाया, रामलाल चौधरी, भवन प्रसाद डगौरा, कबिता बुढा, हरि प्रसाद शर्मा, गगन बहादुर बुढा र पतिराम चौधरी चयन भएका छन् ।

नव चयन भएका अध्यक्ष मोहन प्रसाद बडुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षणका पक्षमा आफू कटिबद्ध रहेको बताए । उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता र पारिस्थितिकी तन्त्रलाई बचाउनका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ । यस क्षेत्रको संरक्षणमा यो समितिले महत्वपूर्ण भूमिका निभाउनेछ ।” उनले यस क्षेत्रमा रहेको वन्यजन्तु र वनस्पतिका संरक्षणका लागि विभिन्न पहल सुरु गर्ने योजना राखेका छन् ।

समितिको गठनसँगै स्थानिय समुदायको पनि ठूलो सहयोग रहने विश्वास गरिएको छ । समुदायको सक्रिय सहभागिता बिना, संरक्षणका प्रयासहरू सफल हुनु गाह्रो हुन्छ । नयाँ अध्यक्ष बडुले भने, “समुदायलाई हामीले संरक्षणका महत्त्वका बारेमा सचेत पार्नेछौं र प्रत्येक व्यक्तिलाई यस अभियानमा सहभागी गराउने प्रयास हुनेछ ।”

बागेश्वरी उपभोक्ता समिति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षण र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । यो समितिको उद्देश्य स्थानिय समुदायलाई वातावरणीय र जैविक विविधताको महत्त्वबारे सचेत बनाउने, निकुञ्जको पारिस्थितिकीलाई सन्तुलित राख्नका लागि शिक्षा र प्रबोधनका कार्यक्रम सञ्चालन गर्ने, र संरक्षित क्षेत्रहरूको हानिकारक गतिविधिहरूबाट रक्षा गर्नु हो ।

समितिको गठनपछि बागेश्वरी क्षेत्रको विकास र संरक्षणका कामहरू थप तीव्र हुने अपेक्षासमेत गरिएको छ । नयाँ कार्यसमितिले निकुञ्ज क्षेत्रको संरक्षण र व्यवस्थापनमा थप सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित