नेपालको आर्थिक विकासबारे पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक

काठमाडौं, फागुन ३ – नेपालको आर्थिक समृद्धि र दिगो विकासका लागि आवश्यक रणनीति र उपायहरू प्रस्तुत गर्ने पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक भएको छ। अर्थविद् शेरजंग बहादुर चन्दले लेखेको यो पुस्तक इन्दिगो इन्क द्वारा प्रकाशित गरिएको हो।

पुस्तकमा नेपालको दीर्घकालीन समृद्धिका लागि औद्योगिक विकास, व्यापार प्रवर्द्धन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक पूर्वाधार सुधार, तथा शिक्षा र स्वास्थ्य सुधार जस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्। यसले साना र ठूला उद्योगहरूको विकासमा जोड दिन्छ र सरकारी-निजी साझेदारी (PPP) मार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै निर्यात वृद्धिका उपायहरू प्रस्तुत गर्दछ।

पर्यटनको विकासका लागि नेपाललाई प्रमुख अन्तर्राष्ट्रिय गन्तव्य बनाउने रणनीतिहरू र सरकार र निजी क्षेत्रबीचको सहकार्यबारे पनि पुस्तकमा चर्चा गरिएको छ। वैदेशिक लगानी आकर्षणका लागि नेपालमा लगानीमैत्री नीति तथा कानुनी सुधारको आवश्यकता औंल्याइएको छ।

भौतिक पूर्वाधार, विशेषत: सडक, रेल, विमानस्थल र ऊर्जा क्षेत्रमा लगानीको आवश्यकता र सार्वजनिक-निजी साझेदारीको महत्त्व पुस्तकमा उल्लेख गरिएको छ। यसका अतिरिक्त, डिजिटल नेपाल अभियानलाई साकार पार्न इन्टरनेट र प्रविधि क्षेत्रको सुधारका उपायहरू पनि समेटिएका छन्।

सहरी र ग्रामीण विकासका लागि पुस्तकले सहरीकरणको सन्तुलित व्यवस्थापन र गाउँ-शहर बीचको आर्थिक अन्तर घटाउने उपायहरू प्रस्तुत गरेको छ। शिक्षा र स्वास्थ्य सुधारका लागि गुणस्तरीय शिक्षा प्रणाली र आधुनिक स्वास्थ्य पूर्वाधारको आवश्यकता जोड दिएको छ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि व्यापार घाटा कम गर्ने रणनीतिहरू र निर्यातयोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धनका उपायहरू पुस्तकमा समावेश छन्। साथै, दक्षिण कोरिया, सिंगापुर र चीन जस्ता मुलुकहरूको सफल आर्थिक मोडेललाई अध्ययन गर्दै नेपालले अपनाउन सक्ने रणनीतिहरू पनि प्रस्तुत गरिएको छ।

यो पुस्तक नीति निर्माताहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका लगानीकर्ता, अनुसन्धानकर्ता र विद्यार्थीहरूका लागि उपयोगी मानिन्छ। पुस्तक इन्दिगो इन्क द्वारा प्रकाशित भइसकेको छ र देशभरका प्रमुख पुस्तक पसलहरू र अनलाइन माध्यमबाट उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित