कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर १० निवासी १९ वर्षीय पुष्कर कलौनी फागुन १० गते साँझ ४:३० बजेबाट सम्पर्क विहीन भएका छन्। परिवारजनका अनुसार उनी सुस्त मनोस्थिती भएका व्यक्ति हुन् र लठ्याङ्ग्री हिँड्ने गर्दथे। बेपत्ता भएको १० दिन बितिसक्दा पनि कुनै पत्तो नलागेपछि परिवार निकै चिन्तित र व्याकुल बनेका छ।
पुष्करका दाइ भुवन कलौनीका अनुसार उनी हराउने बेला होलीको टी-सर्ट लगाएका थिए। उनी प्रायः घर वरपर मात्र घुमफिर गर्ने गर्थे, तर उक्त दिन घरबाट बाहिरिएपछि हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। परिवारजन र स्थानीय बासिन्दाहरू मिलेर व्यापक रूपमा खोजी कार्य जारी राखेका छन्।
परिवारले प्रहरी प्रशासनलाई घटनाबारे जानकारी गराइसकेका छन् र सबैलाई खोजी कार्यमा सहयोग गर्न अनुरोध गरेका छन्। यदि कसैले पुष्करलाई देखेमा वा उनको बारेमा कुनै जानकारी पाएमा, तत्काल परिवार वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।
सम्पर्क व्यक्ति:
भुवन कलौनी (दाइ) – ९८६९८००५६८























Discussion about this post