कञ्चनपुर, चैत्र २ । आउँदो १७ चैत्र महेन्द्रनगरमा आध्यात्मिक सम्मेलन हुने भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग सेवा केन्द्र कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा आध्यात्मिक सम्मेलन हुने भएको हो ।
उक्त आध्यात्मिक सम्मेलनको तयारी भईरहेको राजयोग सेवा केन्द्रले जनाएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग सेवा केन्द्र कञ्चनपुरका प्रमुख महिमा दिदीले आध्यात्मिक सम्मेलनको तयारी भईरहेको बताईन ।
उनले विभिन्न सरोकारवालाहरुसंय क्रमिक छलफल गरेर आवश्यक तयारी भईरहेको बताउँदै सम्मेलनकै दिन सेवा केन्द्रको भवन समेत उद्घाटन गरिने बतार्ईन ।
उनका अनुसार प्रजापिता ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयका राजयोगिनी बालब्रम्हमाचारिणीद्वय उषा र राज कुमारीद्वारा आध्यात्मिक ज्ञानप्रर्बद्धन प्रबचन दिईनेछ ।
आध्यात्मिक चिन्तनबाट मानिसमा सकारात्मक चिन्तनको बृद्धि विकास गर्दै असल समाज निर्माणका लागि उक्त कार्यक्रम गर्न लागेको उनले बताईन ।
कञ्चनपुरका नागरिक अगुवा भगवती थापाले उक्त आध्यात्मिक कार्यक्रमले मानिसबाट दिव्य चेतनाको विकास हुने बताईन ।
उनले ज्ञान, शिक्षाबाट समाज सुधारोत्मुख कार्य हुने भएकाले आध्यात्मिकता मानिसको जिवनमा अपरिहार्य रहेको बताईन । ‘स्व परिर्वतनबाट विश्व परिर्वतन तर्फ हाम्रो पाईला’ नारा अघि सारेर गरिने उक्त कार्यक्रममा सेवा केन्द्र सहितका सर्वसाधारणको सहभागिता हुने अपेक्षा गरिएको छ ।
Discussion about this post