भारतबाट बिजुली आपूर्तिमा कटौती, लोडसेडिङ नहुने प्राधिकरणको दाबी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात् १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । विद्युत् आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ।

भारतबाट बिजुली आपूर्ति घट्दा नेपालमा फेरि लोडसेडिङ हुनसक्ने चर्चा भए पनि नेपाल विद्युत् प्राधिकरणले भने लोडसेडिङ नहुने स्पष्ट पारेको छ । हाल प्राधिकरणले भारतबाट दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार गत वर्षको यही समयमा पनि भारतबाट यति नै मात्रामा बिजुली आपूर्ति भएको थियो । आपूर्ति समय कटौती भए पनि नेपालमा कुनै समस्या नहुने उनको दाबी छ । ‘हामीसँग वैकल्पिक धेरै व्यवस्था छन्, आरओआर र कुलेखानीबाट ४ सय मेगावाट थप बिजुली निकाल्न सकिन्छ,’ प्रवक्ता घोषले भने ।

उनका अनुसार पिक आओर समयमा ठूला उद्योगलाई बिजुली आपूर्ति नगर्ने समझदारी गरिएको छ । त्यसअनुसार, तराईका प्रसारण लाइन व्यवस्थित नभएका केही उद्योग प्रभावित हुने भए पनि लोडसेडिङ भने नहुने उनले बताए ।

भारतबाट १२ घण्टाभन्दा बढी बिजुली आपूर्ति नहुँदा पनि काठमाडौं उपत्यका, मोरङ, बुटवल लगायतका औद्योगिक क्षेत्रमा समस्या नपर्ने प्राधिकरणले जनाएको छ । पछिल्लो हप्तामा विभिन्न जलविद्युत् आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा २० मेगावाट थपिएको छ भने छिट्टै थप बिजुली आपूर्ति हुने बताइएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित