पत्रकार हत्याको विरोधमा देशव्यापी प्रदर्शन, महासंघद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

धनगढी, १६ चैत – नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्या, सञ्चारगृहमाथिको आक्रमण तथा आगजनीको विरोधमा देशव्यापी प्रदर्शन गरेको छ। शनिबार बसेको महासंघको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ।

बैठकले शनिबार क्षति पुगेका सञ्चारगृहको अनुगमन गर्ने, घाइते सञ्चारकर्मी तथा हराएका सञ्चार सामग्रीको विवरण संकलन गर्ने निर्णय गरेको छ। आइतबार सम्पूर्ण सञ्चारकर्मीले कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध जनाउने, सोमबार नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने, र मंगलबार सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

साथै, हत्या गरिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह तथा उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार गर्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली सदस्य रहेको समिति गठन गरिएको छ।

गत शुक्रबार राजावादी आन्दोलनको नाममा भएको प्रदर्शनमा सहभागी अराजक समूहद्वारा गरिएको आगजनीका कारण पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। विभिन्न मिडिया हाउसमा तोडफोड र आगजनी गरिनुका साथै थुप्रै सञ्चारकर्मी घाइते भएका छन् भने सञ्चार सामग्री हराएका छन्। महासंघले यी घटनाहरूको कडा निन्दा गर्दै स्वतन्त्र पत्रकारितामाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित