संसद् बैठक अघि बढाउने तयारी, विपक्षी दलहरूको निरन्तर विरोध

काठमाडौं :प्रमुख प्रतिपक्षी दलहरूको विरोधका बीच संसद् सञ्चालन गर्ने तयारी गरिएको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि अवरोधकैबीच बैठक अघि बढाउने निर्णय गरेका छन्।

संसद् सचिवालयका अनुसार आइतबार संसद् बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण पटक–पटक सारिएको छ। बिहान ११ बजे बोलाइएको बैठक सूचना टाँसेर पछि सार्दै आएको छ। संसद् सचिवालयले आज मात्रै तीनवटा सूचना जारी गरिसकेको छ।

गत १३ चैतदेखि अवरुद्ध संसद् बैठक नचल्दा अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन कठिनाइ देखिएको छ। यस समस्याको समाधानका लागि प्रधानमन्त्री ओलीले संसद् अघि बढाउन सभामुखलाई निर्देशन दिएका छन्।

विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको जवाफ माग गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारण स्पष्ट पार्नुपर्ने अडान लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित