काठमाडौं : संघीय संसद्ले सोमबार एकै दिनमा पाँच वटा विधेयक पारित गरी ऐन बनाएको छ ।
राष्ट्रिय सभामा दफावार छलफलपछि सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी ऐन, सहकारी सम्बन्धी ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन, तथा आर्थिक तथा व्यावसायिक वातावरण सुधार ऐन पारित भएका हुन् ।
संघीय संसद्को दुवै सदनबाट पारित विधेयकहरू सोमबार नै राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइए, जसलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ती विधेयकहरू ऐनमा परिणत भएका छन् ।
Discussion about this post