युवा नेता तथा समाजसेवी गोपी प्रसाद उपाध्यायद्वारा श्रीपुर स्वास्थ्य कार्यालयलाई इसिजी मेसिन सहयोग

बेलडाँडी – नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. १ सभापति तथा युवा नेता समाजसेवी गोपी प्रसाद उपाध्यायले कञ्चनपुर जिल्लाको बेलाैरीस्थित श्रीपुर स्वास्थ्य केन्द्रमा इसिजी मेसिन सहयोग गरेका छन्।

श्रीपुर स्वास्थ्य केन्द्रमा केहि समय यता देखि मेसिन बिग्रेका कारण, सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण गर्नमा धेरै कठिनाइ र असुविधा झेलिरहेका थिए । उपाध्यायले यस समस्यामा ध्यान दिएर स्वास्थ्य केन्द्रलाई इसिजी मेसिन उपलब्ध गराउन सहयोग गरेका हुन्।

श्रीपुर स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख गोविन्द बिष्टका अनुसार, यस प्रकारको सहयोगले स्वास्थ्य सेवामा ठूलो राहत पुर्याएको छ। उनले भने, “इसिजी मेसिनको उपलब्धिले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षणमा ठूलो सहुलियत ल्याउनेछ र हाम्रो कार्यसम्पादनमा पनि सुधार आउनेछ। यस सहयोगको लागि हामी गोपी उपाध्यायलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।”

यस बाहेक, उपाध्यायले सामाजिक कार्यहरूमा पनि निरन्तर सक्रियता देखाएका छन्। उनले मानव सेवा र समाजको कल्याणका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएका छन्।

उनी विशेषगरी दिन दुखि, गरीब र असहाय व्यक्तिहरूसँग सहकार्य गर्दै, ह्वीलचियरदेखि अन्य आवश्यक सामाग्री उपलब्ध गराउने कार्यमा समर्पित रहेका छन्। उनले विदेशमा रोजगारका लागि अलपत्र परेकाहरूको उद्धार र तिनीहरूको व्यवस्थापनमा समेत सक्रिय योगदान पुर्याएका छन्।

उपाध्यायकाे यो सामाजिक कार्य र सेवा मानिसहरूको जीवनमा परिवर्तन ल्याउन सहयोगी साबित भएको छ। उनले अन्य सामाजिक कार्यकर्ताहरूका लागि प्रेरणाका रूपमा कार्य गरिरहेका छन् र आगामी दिनहरूमा पनि यस्ता कार्यहरू निरन्तर गर्दै जाने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित