सुन प्रतितोला रु २,४०० र चाँदी रु १६० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु दुई हजार ४०० र चाँदी प्रतितोला रु १६० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु चार हजार ३४० निर्धारण गरिएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदी प्रतितोला रु चार हजार ५०० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार ७५ अमेरिकी डलर तथा चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित