दुर्गा प्रसाईँमाथि अनुसन्धान तीव्र, अदालतबाट १२ दिन हिरासत म्याद

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँ र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिनसम्म हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

तीनकुनेमा भएको घटनापछि फरार रहेका उनीहरूलाई बिहीबार भारतको आसामबाट पक्राउ गरिएको थियो। पक्राउपछि झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा पेश गरिएको थियो। सोही आधारमा अदालतले १२ दिनको म्याद थप गर्ने आदेश दिएको हो।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार, दुर्गा प्रसाईँ बिरामी भएकाले उपचारका लागि चिकित्सकको उपस्थितिमा स्वास्थ्य सेवा उपलब्ध गराउन पनि अदालतले निर्देशन दिएको छ।

यसअघि सो प्रकरणमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, धवलशमसेर जबरा लगायत पक्राउ परेका थिए। उनीहरूका हकमा अदालतले तीनपटक म्याद थप गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित