कञ्चनपुर प्रहरीमा नेतृत्व परिवर्तन: चक्रराज जोशी ललितपुर सरुवा, खड्कबहादुर खत्री नयाँ एसपी

कञ्चनपुर, वैशाख १५ – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्वमा परिवर्तन भएको छ। कञ्चनपुरमा आफ्नो कार्यकुशलता देखाइसकेका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको सरुवा भई अब उनी ललितपुर जिल्ला प्रहरी परिसरको जिम्मेवारी सम्हाल्ने भएका छन्।

सोमबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार, जोशीसहित ६३ जना एसपीहरुको एकै पटक सरुवा गरिएको हो। कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी अब नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत खड्कबहादुर खत्रीले सम्हाल्नेछन्।

एसपी जोशीले कञ्चनपुरमा रहँदा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा नागरिकसँगको सम्बन्ध सुदृढ गर्ने कार्यमा उल्लेखनीय सफलता हासिल गरेका थिए। अब ललितपुरमा पनि उनले त्यस्तै जोश र लगनका साथ नेतृत्व गर्ने विश्वास गरिएको छ।
जिल्लावासीले नयाँ नेतृत्वसँग पनि सेवा प्रवाहमा निरन्तर सुधारको अपेक्षा राखेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित