भारत–पाकिस्तान युद्धको प्रभाव : नेपाल–भारत सीमामा कडाइ, गौरीफन्टामा चेकजाँच व्यापक

कैलाली : भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव नेपालका सीमावर्ती क्षेत्रहरूमा समेत प्रत्यक्ष देखिन थालेको छ। भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाकामा सुरक्षा जाँच कडाइ गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले संयुक्त रूपमा गौरीफन्टामा आवतजावत गर्ने सबै नागरिकहरूमाथि कडाइका साथ निगरानी थालेका छन्। सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले भारत जान चाहने नेपाली नागरिकहरूले अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र तथा भारतीय आधार कार्ड देखाउनुपर्ने व्यवस्था लागू गरिएको  बताए

‘सामान्य समयमा भन्दा अहिले चेकजाँच, गस्ती र पेट्रोलिङ व्यापक रूपमा बढाइएको छ,’ डीएसपी धामीले जानकारी दिए।   उनका अनुसार युद्धको संवेदनशीलता र सुरक्षाको दृष्टिले सीमा क्षेत्रमा जोखिम न्युनिकरण गर्न चेकजाँच कडाइ गरिएको हो।

नेपाल प्रहरीले समेत सीमामा निगरानी तीव्र पारेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले गौरीफन्टासहित भारतसँग जोडिएका सबै नाकाहरूमा चेकजाँच र सुरक्षा सतर्कता बढाइएको बताए।

‘हामीले चेकजाँच बढाउनुका साथै चोरी, तस्करीजस्ता गैरकानुनी गतिविधिहरू नियन्त्रणमा समेत ध्यान दिएका छौं,’ प्रवक्ता सिंहले भने।

हालको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ सीमा क्षेत्रमा परिचालन गरिएको छ। साथै प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई सचेत रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित