बोलेरो जिपको ठक्करबाट ज्यान गएका महेन्द्र बिष्टको मृत्युपछि कञ्चनपुरमा महेन्द्र राजमार्ग अवरुद्ध

कञ्चनपुर — बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते भएका कृष्णपुर नगरपालिका–२ वंकका ५० वर्षीय महेन्द्र बिष्टको उपचारका क्रममा ज्यान गएपछि स्थानीयले आक्रोशित हुँदै महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बुधबार दिउँसो पौने ३ बजेदेखि वंक चोकमा प्रदर्शनकारीहरूले टायर बालेर सवारी आवागमन ठप्प पारेका छन्। मंगलबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले बिष्टलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बिष्टको उपचारका क्रममा ज्यान गएको हो।

मृतकका आफन्त तथा स्थानीयबासीले चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। दुर्घटनामा संलग्न २१ वर्षीय रवि रोकाया, बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ निवासी,लाई जिपसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय प्रशासनले राजमार्ग सुचारु गर्न पहल थालेको बताइएको छ। तर, पीडित परिवार न्यायको मागमा अडिग रहेकाले अवस्था तनावपूर्ण बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित