शुक्रबार एमालेको चुनावी सभा अध्यक्ष ओलीले सम्बोधन गर्ने कुतियाकबरदेखि परासनसम्मका समस्या सम्बोधन हुन्छन ः अध्यक्ष विष्ट

64
VIEWS

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा चुनावी सभा राखेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन लक्षित गरेर पहिलो चुनावी सभा आयोजना गरिएको हो ।

चुनावी सभाको तयारी तिव्र रुपमा भईरहेको एमाले कञ्चनपुरका निर्वाचन परिचालन मुल समितिका संयोजक लक्ष्मी बुढाले बताईन ।

संयोजक बुढाले मञ्च व्यवस्थापनदेखि सहभागि सबै विषयमा तयारी भईरहेको बताईन । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष एव निर्वाचन क्षेत्र ३(ख)का उम्मेदवार सुरेन्द्र विष्टले दार्चुलादेखि ऐतिहासिक रुपमा चुनावी सभाको उद्घाटन गरिने बताए ।

‘पाटी अध्यक्ष ज्यूले कुतियाकबरदेखि परासनसम्म जिल्ला समेट्ने गरी सम्बोधन गर्छन, ‘एमाले कञ्चनपुरका अध्यक्ष विष्टले भने, ‘जनताको समेत उल्लासमय तरिकाले सहभागिता हुन्छ ।’ एमाले कञ्चनपुरका नेता ईश्वरी प्रशाद खरेलले सबै क्षेत्र समेटने गरी जिल्ला सदरमुकाम महेन्द्रनगरमा कार्यक्रम राखिएको बताए ।

‘यो चुनावी सभा जिल्लाभरीका सबै निर्वाचन क्षेत्र समेट्ने गरी आयोजना गरिएको हो, ‘उनले भने, ‘३० हजारको सहभागिता हुनेछ ।’ पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओली कञ्चनपुर आउने कार्यक्रम बारे जनाकारी गराउनका लागि आयोजित पत्रकार सम्मेलनको प्रेस चौतारी कञ्चनपुरका सचिव मदन गिरीको अध्यक्षताका भएको कार्यक्रम संचालन एमाले निकट पत्रकार विष्णूदत्त अवस्थीले संचालन गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार