बैतडी । बैतडीबाट शिवनाथतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ०१–००१ च ४१८० नम्बरको उक्त बोलेरो जिप शिवनाथ गाउँपालिका–२ को फट्केढुङ्गा भन्ने स्थानमा शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।
दुर्घटनामा जिप चालक शिवनाथ–२ देगडाका २८ वर्षीय योगेन्द्र भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो।
भट्टको दुवै खुट्टामा चोट लागेको र हाल उनलाई केशरपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिप सडकबाट अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाका बेला जिपमा चालक मात्र सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post