देशमा लुटेराहरूको शासन छ, ५० पैसा पर्ने एक किलो चामल अहिले दुई सय पर्छः धर्मेन्द्र बास्तोला

धनगढी-नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा लुटेराहरूको शासन रहेको बताएका छन् । उनले शनिवार धनगढीमा आयोजित निर्वाचन बहिस्कार तथा अवज्ञा कार्यक्रममा बोल्दै देशमा भ्रष्ट पुजी वादी लुटेराहरूको शासन भएकोले महँगी बढेको बताए हुन् ।

नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), माओवादी कम्युष्टि पार्टी नेपाल र नेपाल कम्युष्टि पार्टी (मसाल) को आयोजनामा आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन बहिस्कार तथा अवज्ञा कार्यक्रममा बोल्दै बास्तोलाले अहिले दलाल पुजी बादीहरूको शासन भएकोले देश आर्थिक सङ्कट तिर धकेलिरहेकोले ५० पैसामा एक केजी पाइने चामल अहिले दुई सय रुपैयाँमा किन्नु परिरहेको बताएका छन् ।

“अहिले दलाल लुटेराहरूको शासन छ । यो देशमा । मैले विद्यालय पढ्दा २० रुपैयाँमा ११ देखी १२ वटा किताब किन्न पाइने अहिले हामीले नातिलाई किन्दा पाँच सयमा एउटा किताब पनि किन्न सकिने अवस्था छैन । मेरी आमाले मानाको हिसाबले बेच्ने बासमती चामल जुन दुई मानाको एक किलो हुने थियो । अहिले त्यसको मूल्य दुई सय पुगेको छ । के गरेका छन् अहिले नेताले जनताको पसिना तपाई हाम्रो पसिना लुटेको बताएका छन् ।“

त्यैले अहिलेको चुनाव बहिस्कार गर्न बास्तोलाले आह्वान गरेका छन् । यो भन्दा पहिले धनगढी ट्राफिक चौराहा देखी सुरु भएको विरोध ¥याली पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित