सुप प्रदेश सरकारको नयाँ बजेट, कार्यक्रम पुरानै बजेटमै सत्ताधारी काँग्रेस, एमालेविच हानथाप

कञ्चनपुर, असार २ सुदूरपश्चिम प्रदेश सरकारले सम्वैधानिक व्यवस्था अनुरुप आगामी आर्थिक बर्षका लागि १असारमा ल्याएको बजेटमा स्वयम सत्ताधारी एमाले, काँग्रेसकै मन्त्री, सांसद खुसी छैनन । प्रदेश सरकारले ल्याएको बजेटमा विपक्षी दल सहित अन्यले असन्तुष्टी हुनु स्वभाविक भएपनि काँग्रेस, एमालेविचमै खटपट मच्चिएको छ । उता सत्ताको फटके किनाराको साची नाउपालाई बजेटसंग केही मतलब नै छैन ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२÷०८३ को बजेट आइतबार अपराह्न ५ बजे प्रदेशसभामा प्रस्तुत गर्ने समय तालिका निर्धारण गरिएकोमा तयारी पूरा नभएपछि दुई घण्टाका लागि पछाडि धकेलिएको थियो । बजेटको आकार र योजना समावेशलाई लिएर सत्तारुढ कांग्रेस र एमाले मन्त्रीहरूबीच शनिबार रातिदेखि असमझदारी उत्पन्न भएपछि बजेट तयारी पूरा नभएकै कारण मुख्यमन्त्रीको अनुरोधमा प्रदेश सभा सचिवालयले साँझ ७ बजे बैठक बस्ने सूचना प्रदेशसभा सदस्यहरूलाई पठाएको थियो ।

दुईदिनदेखि मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबीच बजेट रकम खिचातानी चलेको स्रोतले बताएको छ । त्यही कारण आइतबार मध्याह्नसम्म पनि आर्थिक मामिला मन्त्रालयले बजेट तयारीको काम पूरा गर्न सकेन । प्रदेश नीति तथा योजना आयोगले २४ अर्बको बजेट सिलिङ निर्धारण गरे भए पनि खिचातानीपछि ३३ अर्ब ४७ करोड बढीको बजेट आउन लागेको आर्थिक मामिला मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट प्रस्तुत गरेका छन । कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३० दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातफृ एक करोड विनियोजन गरिएको छ । स्रोत व्यहोर्ने शिर्षकमा सबैभन्दा बढि नेपाल सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख राखिएको छ भने नेपाल सरकारको सरकारी वित्तिय समानीकरण अनुदानतर्फ ८ अर्ब ९२ करोड ५६लाख राखिएको छ ।

चालु आर्थिक वर्षको बचत हुने रकम ७ अर्ब ६६ करोड ६३ लाख हुने अनुमान गरिएको छ भने सशर्त अनुदानबाट चार अर्ब ३ लाख, आन्तरिक राजश्व परिचालन एक अर्ब ६५ लाख, संघीय समपुरक अनुदान ६० करोड २६ लाख, विशेष अनुदान ५१ करोड ६० लाख हुने अनुमान गरिएको छ । बजेटकै खिचातानीमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार राति मनमुटावसमेत उत्पन्न भएको सत्तारुढ दल काँग्रेसै सांसदले बताए । ती सांसदका अनुसार सबैभन्दा धेरै बजेट हुने भौतिक पूर्वाधार विकासमन्त्री पालले आफ्नो मन्त्रालयलाई बजेट रकम कम भएको भन्दै योजनाको प्रविष्ट गर्न नै ढिलाइ गरेका थिए ।

प्रदेश नीति तथा योजना आयोगले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ७ अर्ब ५५ करोडको सिलिङ दिएको थियो । तर बजेट अपुग हुने भन्दै मन्त्रालय र मातहतका कुनै पनि कार्यालयले काम नै अघि नबढाएपछि आर्थिक मामिलाले ७० करोड थपेको थियो । त्यतिले पनि नपुग्ने भन्दै मन्त्री पालले अडान लिएपछि शनिबार राति केही रकम थप गरिएको मन्त्रालय निकट एक स्रोतले बताएको छ । त्यसै क्रममा मुख्यमन्त्रीसहित तीन जनाबीच खटपट भएको थियो । पाल एमालेबाट प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री हुन् भने आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा र मुख्यमन्त्री कांग्रेसका हुन् ।

यस्तै विपक्षी दल माओवादी केन्द्रका सांसद ओम विक्रम भाट(सरल)ले अपरान्न ५ बजे बस्ने भनिएको सुप प्रदेश सभाको छैटौँ अधिवेशन एव एघारौँ बैठक विशेष कारणबस साँझ ७ बजे बस्ने सुचना पाप्त भएकोे जनाउँदै दुई तिहाईको बजेटमा हिसाबकिताब नमिलेको देखियो । बजेट निर्माणमै नमिलेको देख्दा बजेट पास गर्दासम्म राम्रै छलफल र बहस हुने देखियो भन्दै समाजिक सञ्जाल मार्फत टिप्पणी गरेका छन । राती प्रस्तुत गरिएको प्रदेश सरकारको कार्यक्रम भन्दा पनि आफु निकट व्यक्तिका लागि बर्ष नयाँ बजेट पुरानै भएको टिकाटिप्पणी गरिएको छ । अर्थमन्त्री थापाले अधिकाँस कार्यक्रमको आवश्यक बजेट विनियोजनगरेको छु भन्दै आएपछि स्रोत बिनाको बजेट भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित