बेलडाँडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि सन्तुलित बजेट प्रस्तुत गर्‍यो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता

बेलडाँडी । बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कूल रु ५४ करोड ५० लाख ४४ हजारको सन्तुलित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७ औं गाउँ सभा अध्यक्ष हरिशचन्द्र रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष रानाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको प्रवर्द्धनमा विशेष जोड दिइएको जानकारी गराए।

यस वर्षको बजेटमा आन्तरिक आय रु १ करोड ४ लाख, राजस्व बाँडफाँडबाट रु ७ करोड ९४ लाख ९० हजार, संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण रु ३१ करोड १४ लाख र प्रदेश सरकारबाट रु २ करोड ४१ लाख ५४ हजार प्राप्त हुने अनुमान गरिएको छ। सामाजिक सुरक्षा मदबाट थप १ देखि २ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

कूल खर्चमा चालु तर्फ रु ३७ करोड ४३ लाख र पूँजीगत तर्फ रु १७ करोड ७ लाख विनियोजन गरिएको छ। सन्तुलित बजेट सिद्धान्त अनुरूप आय–व्यय बराबरी राखिएको जनाइएको छ।
क्षेत्रगत बजेट विवरण,आर्थिक विकासतर्फ
कूल बजेट रु ९३ लाख ५० हजार मध्ये : कृषि: रु ४७ लाख, पशुपन्छी: रु १८ लाख, भू–नक्सांकन: रु २५ लाख, सहकारी तथा वित्तीय क्षेत्र: रु ३ लाख ५० हजार, सामाजिक विकासतर्फ, कूल बजेट रु ४ करोड ७० लाख:
शिक्षा: रु २ करोड ६८ लाख, स्वास्थ्य: रु १ करोड ४९ लाख ।

लैंगिक समानता र सामाजिक समावेशीकरण : रु २२ लाख ४० हजार, युवा तथा खेलकुद: रु २३ लाख, खानेपानी, सरसफाइ तथा भाषा–संस्कृति: रु ६ लाख, पूर्वाधार विकास: रु ६ करोड ७१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र: रु ५२ लाख ८७ हजार,
कार्यालय सञ्चालन तथा प्रशासन: रु ७ करोड ६८ लाख ।

अध्यक्ष रानाले शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्नका लागि प्राथमिकता दिइएको र कृषिमा नवप्रवर्तन र आत्मनिर्भरता बढाउने कार्यक्रमहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

यस बजेटले बेलडाँडी गाउँपालिकाको दिगो विकास र जनजीविकामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित