लाल बहादुर एस के/पुनर्वास । मुक्ति समाज नेपालको सातौं राष्ट्रिय सम्मेलनपश्चात सम्पन्न केन्द्रीय समितिको दोस्रो बैठकद्वारा भारमल सुनारलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको गरिमामय जिम्मेवारी प्रदान गरिएको छ।
केन्द्रीय सचिवालय सदस्य समेत रहनु भएका सुनार नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीका सचिवालय सदस्यसमेत हुनुहुन्छ।
राजनीतिक चेतना र सामाजिक प्रतिबद्धताको उत्कृष्ठ समन्वय गर्दै आएका युवा नेता भारमल सुनार विद्यार्थी जीवनदेखि नै समाज रुपान्तरणको अभियानमा होमिएका व्यक्ति हुन्।
उत्पीडित, दलित समुदायको आवाज बुलन्द बनाउँदै समाजमा समानता र न्याय सुनिश्चित गर्न लामो समयदेखि सक्रिय रहँदै आउनु भएका सुनार अब सुदूरपश्चिममा मुक्ति समाज नेपालको नेतृत्व गर्दै अगाडि बढ्नेछन्।
विविध कालखण्डमा सामाजिक विकास, दलित अधिकार, तथा बहिष्कृत समुदायका पक्षमा निरन्तर आवाज उठाउँदै आइरहनु भएका सुनारले आगामी दिनमा पनि राज्यका विभेदकारी व्यवहारको विरुद्ध सशक्तरुपमा खडा हुने बताएका छन्।
सुनारले आफूलाई दिएको यो नयाँ जिम्मेवारीलाई जनताको विश्वास र संगठनप्रतिको उत्तरदायित्वका रूपमा लिई सुदूरपश्चिममा उत्पीडित समुदायको हक, अधिकार, तथा सामाजिक न्यायका पक्षमा समर्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दलित समुदायका उदीयमान युवा नेताको रूपमा स्थापित सुनारको यो नियुक्तिले सुदूरपश्चिममा सामाजिक जागरण र संगठित आन्दोलनमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
Discussion about this post