एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई, सिंगापुर २ पटकै ढले

काठमाडौं । पूर्वी एसियाका उमेर समूह खेलमा नेपालले फेरि एकपटक गौरव थपेको छ । एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले शनिबार आफ्नै शैलीमा जितेको हो ।

फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगिता अपराजित समाप्त गर्‍यो । सिंगापुरले प्रस्तुत गरेको ११४ रनको साधारण लक्ष्य नेपालले २९ ओभरमै ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि जोय थापाले संकटको बेला धैर्यपूर्ण र जिम्मेवार पारी खेले । उनले अविजित २४ रन बनाउँदै टोलीलाई विजयको किनारामा पु¥याए ।

त्यसअघि, सिंगापुरले टस जितेर ब्याटिङ रोजेको खेलमा ४०.५ ओभरमै ११३ रनमा समेटियो । सिंगापुरका रोहन अस्टिनले सबैभन्दा बढी २३ रन बनाए, तर रन बनाउनेभन्दा बल छेउमा बिताउनेमा उनी व्यस्त देखिए – ९० भन्दा धेरै बल खेलेका थिए ।

नेपालका लागि बलिङतर्फ अभय यादव झल्किए । उनले १० ओभरमा ३४ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सुशिल बहादुर रावलले पनि ३ विकेट झार्दै विपक्षीको ढाड सेकाए । शुभम खनालले २ विकेट तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिएर टोलीको विजय यात्रा तय गरे ।

समूह चरणमा पनि सिंगापुरलाई पराजित गरिसकेको नेपालले फाइनलमा दोहोर्‍याएर जीत पक्का गर्‍यो । यति उमेरमै यस्तो पकड देखाएको नेपाली टोलीले भविष्यमा झनै चम्किने संकेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित