बेलडाँडीको सिसमडाँडीबाट रास्वपातिर जनलहर : भलमन्सा राना सहित दर्जनौंले रोजे रास्वपा

बेलडाँडी, कञ्चनपुर । बेलडाँडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव झनै फैलँदै गएको छ । संगठन विस्तारलाई आक्रामक शैलीमा अघि बढाइरहेको रास्वपा बेलडाँडी कमिटीले विहिवार बेलडाँडी गाउँपालिका–३ सिसमडाँडीका सम्मानित भलमन्सा मंगु राना लगायत दर्जनौं स्थानीयलाई पार्टी प्रवेश गराएर शक्ति प्रदर्शन गरेको छ ।

पार्टी सभापति तेज सिंह धामी नेतृत्वको टीमले बेलडाँडीमा सशक्त जनाधार बनाउँदै लगेका छन् । “रातारात प्रवेश गराउने आरोप लगाइरहेका थिए, तर अब त हामीले दिनदहाडे जनताको साथ प्रमाणित गरेका छौँ”, सभापति धामीको तीखो प्रतिक्रिया थियो । उनले रास्वपाप्रति स्थानीयको बढ्दो आकर्षणको पछाडि “देश बदल्ने साहसिक नेतृत्व” र “निर्भीक रवैया” भएको बताए ।

धामीले केही दिन अघिमात्र बेलडाँडीका कम्युनिष्ट आन्दोलनका पुराना नेता पदम पाण्डेयलाई पार्टीमा भित्र्याएर तहल्का मच्चाएका थिए । रास्वपामा प्रवेश गर्ने यो क्रम दैनिक बढिरहेको छ । उनले थपे, “रवि लामिछानेज्यूमाथि भइरहेको प्रतिशोधको राजनीति विरुद्ध जनताले चुप लाग्नेवाला छैनन्, रास्वपाको पक्षमा देशव्यापी जनलहर चलिरहेको छ, बेलडाँडी पनि त्यसको केन्द्र बन्दै गएको छ ।”

“अब बेलडाँडीमा विकल्प छैन, विकल्प रास्वपा हो” भन्ने नारा स्थानीय बासिन्दामाझ लोकप्रिय बन्दै गएको छ । सिसमडाँडीमा आयोजित कार्यक्रम निकै उत्साहपूर्ण बनेको थियो, जहाँ स्थानीय बासिन्दाले स्वस्फूर्त रास्वपामा प्रवेशको घोषणा गरेका थिए ।

बेलडाँडीमा रास्वपाको प्रभाव बढ्दै गएको देखेर अन्य दलहरू चिन्तित बन्न थालेका छन् । जनता भने नयाँ विकल्पप्रति विश्वास राख्न थालेका छन् ।

जनताको साथ, आशा र भरोसासहित अघि बढिरहेको रास्वपाको यो लहर बेलडाँडीको राजनीतिक नक्सा फेरिने संकेत मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित