सुप विश्वविद्यालय बेथितिको पथमा हिडेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनको ज्ञापन

कञ्चनपुर, असार २४ । सुदूरपश्चिम विश्वविद्यालय बेथितिको पथमा हिडेको भन्दै अखिल क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले मगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय बेथितिको पथमा हिडेको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष डिबी धामी(अबिरल)ले विश्वविद्यालय नेतृत्व विश्वविद्यालय सुधार भन्दा आफु निकट व्यक्तिलाई सेटिङ्गमा लागेको भन्दै ध्यानाकर्षण गराएको बताए । केही पदमा मात्रै विज्ञापन खोलेर आफु निकट व्यक्तिलाई जिम्मेबारी दिन खोजिएको भन्दै ज्ञापन पत्र बुझाएको बताए ।

‘केही पदमा मात्रै विज्ञापन खोलेर निकट व्यक्तिलाई सेटिङ्ग गर्न खोजिएको छ, ‘उनले भने, ‘रिक्त सबै एकमुष्ट खोल्नुपर्छ ।’ विभिन्न क्याम्पसमा दिएको सम्बन्धन सार्वजनिक गर्नुपर्ने, निवर्तमान रजिष्ट्रारका पालामा अवैधानिक भुक्तानी रोक्नुपर्ने जस्ता माग अघि सारेका छन ।

क्रान्तिकारीले अघि सारेका शैक्षिक एजेण्डा कार्यान्वयन नभए आन्दोलनको चेतावनी दिएका छन । ज्ञापन पत्र बुझदै सुप विश्वविद्यालयका रजिष्ट्रार अखिल क्रान्तिकारीले उठान गरेका विषयमा ध्यानाकर्षण भएको बताएका छन । विश्वविद्यालयमा हुने बेथिति बिरुद्धमा क्रान्तिकारीले निरन्तर संघर्षको चेतावनी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित